मधेस प्रदेशका पाँच सांसद पदमुक्त

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

13
Share
Featured
  • मधेस प्रदेश सभाका पाँच सांसद लगातार १० बैठकमा अनुपस्थित भएपछि पदमुक्त भएका छन्।
  • पदमुक्त सांसदहरू: उर्मिलादेवी सिंह, मनिष कुमार सुमन, सन्जयकुमार यादव, सिंहासन कलबार, र सारदा शंकर कलबार।
  • प्रदेश सभा नियमावलीअनुसार लगातार १० बैठकमा अनुपस्थित भए सांसदको पद स्वतः खारेज हुने प्रावधान छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेश सभाका पाँच जना सांसद पदमुक्त भएका छन्। प्रदेश सभाको लगातार १० वटा बैठकमा अनुपस्थित रहेका कारण सभामुख रामचन्द्र मण्डलले बिहीबारदेखि लागू हुने गरी उनीहरूलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेका हुन्।

मधेस प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, पदमुक्त हुने सांसदहरूमा सर्लाहीकी उर्मिलादेवी सिंह, सप्तरीका मनिष कुमार सुमन, सर्लाहीका सन्जयकुमार यादव, पर्साका सिंहासन कलबार र बाराका सारदा शंकर कलबार रहेका छन्। प्रदेश सभा नियमावलीअनुसार लगातार १० बैठकमा अनुपस्थित भएमा सांसद पद स्वतः खारेज हुने प्रावधान छ।


यो समाचारमा

मधेश प्रदेशसर्लाहीसप्तरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...