मधेशका मुख्यमन्त्री यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

22
Share
Featured
  • मधेस प्रदेशमा आज नयाँ सरकार विस्तार हुँदैछ; कृष्णप्रसाद यादव मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ बिहान ११ बजे लिनेछन्।
  • गठबन्धनमा सहभागी ६ दलबाट एक–एक जना मन्त्री पनि आज शपथ लिनेछन्, र सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ।
  • यादवलाई एमालेबाहेकका सात दलका ७७ सांसदको समर्थन छ; हाल सभामुख पद रिक्त छ र उपसभामुख बबिता राउत ईशर प्रदेशसभा बैठकको अध्यक्षता गर्दै आएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशमा आज नयाँ सरकार विस्तार हुँदैछ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। उहाँसँगै गठबन्धनमा सहभागी ६ दलबाट एक-एक जना मन्त्रीले पनि आजै शपथ लिने तयारी छ।

कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाका अनुसार, मुख्यमन्त्री यादवले आज बिहान ११ बजे शपथ लिनेछन्। शपथलगत्तै सरकारमा सहभागी ६ दलबाट एक-एक जनालाई समावेश गरी सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने विषयमा छलफल भएको छ।

कांग्रेस संसदीय दलका नेता यादवलाई एमालेबाहेकका सात दलका ७७ जना सांसदको समर्थन छ। रोचक त के छ भने, एक महिना नपुग्दै मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख गुमाएको एमालेले पनि कांग्रेस नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्ने जनाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि हाल मधेस प्रदेशमा सभामुख पद रिक्त छ। हाल उपसभामुख बबिता राउत ईशरले प्रदेशसभा बैठकको अध्यक्षता गर्दै आएकी छन्।

यो समाचारमा

मधेश प्रदेशनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभामा नयाँ मोड, बजेट विवाद मिलाउन सांसदहरूको कार्यदल गठन

    धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर

    Data is loading...

    Loading brands...

    Loading footer...