जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

21
Share
Featured
  • मधेश प्रदेशका सात राजनीतिक दलहरूले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भन्दै जनकपुरधाममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।
  • दलहरू अदालतको आज आउने फैसलाप्रति आशावादी छन् र न्यायपूर्ण निर्णय हुने विश्वास व्यक्त गरिरहेका छन्।
  • पूर्व प्रदेश प्रमुखद्वारा होटलमा सपथ खुवाइएका यादवको नियुक्तिविरुद्ध रिट दर्ता भइसकेको छ, र सर्वोच्चले आज दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् ।

जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

जसपा नेपाल, लोसपा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली काँग्रेसजनमत पार्टीका सांसद र नेता एवम कार्यकर्ताहरु मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

आज अदालतको फैसला आउने भएकाले आफूहरु आशावादी रहेको र अदालतमाथि पूर्ण विश्वास रहेको भन्दै राष्ट्रिय झण्डासहित सडकमा आएको लोसपाका सांसद परमेश्वर साहले जानकारी दिए । उनले आज अदालतले न्यायपूर्ण फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

अन्य प्रदेशहरुमा पनि समान परिस्थितिको मुद्दाको नजिर अनुसार पनि आफूहरुको जित हुनेमा विश्वस्त रहेको सांसद साहले बताए । यदीे सरोज कुमार यादवलाई नै मुख्यमन्त्री ठहर गरेमा प्रदेश सभामा विश्वासको मत दिने बेला उनको फैसला हुने सांसद साहले बताए ।

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै महोत्तरीको एक होटलमा सपथ खुवाएका थिए । त्यसको विरोध गर्दै सात राजनीतिक दलहरुले निरन्तर विरोध गर्दै आएका छन् भने अदालतमा रिट समेत जारी गरेका थिए ।

सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ भने सम्पूर्ण कागजातसहित दुबै पक्षलाई आज छलफलका लागि बोलाएको छ ।

यो समाचारमा

नेपाली काँग्रेससरोज कुमार यादवनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नागरिक उन्मुक्ति पार्टी
जनमत पार्टी7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...