मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

13
Share
Featured
  • सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।
  • मण्डलविरुद्ध ६४ सांसदले आचरणअनुकूल काम नगरेको आरोपसहित प्रस्ताव दर्ता गरेका थिए।
  • यो मण्डलको दोस्रो पटक अधूरो कार्यकाल हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकले उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् ।

बैठकमा उपस्थित ७८ जना प्रदेशसभा सदस्यमध्ये ७६ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा शून्य मत खसेको थियो । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रस्ताव पारित भएको घोषणा गरेकी हुन् । प्रस्ताव पारित हुनका लागि तत्काल कायम रहेको १०४ सदस्यीय प्रदेशसभाको दुई तिहाइ अर्थात् ७२ मत आवश्यक थियो ।

सभामुख मण्डलले पद अनुकूलको आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले कात्तिक २७ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा सदस्य कुँवरकान्त झाले उक्त प्रस्ताव संसदमा पेस गरेका थिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की प्रदेशसभा सदस्य शारदा थापाले मात्रै उपस्थिति जनाएकी थिइन् । उनले नियमापत्ति गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो, तर त्यसपछि उनी बैठकमा देखिइनन् ।

गत कात्तिक २३ गते प्रदेशसभा बैठक सञ्चालन गर्दा सभामुख मण्डलले पदीय आचरणविपरीत कार्य गरेको भन्दै कांग्रेससहितका सात दलले विरोध जनाउँदै आएका थिए ।

यो दोस्रो पटक हो जब मण्डलले आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । यसअघि, पहिलो कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचित भएका उनी वाम एकता टुक्रिएपछि एमालेमा लागेका कारण साढे तीन वर्षमै पदमुक्त भएका थिए । प्रदेशसभाको अर्को बैठक मंसिर ४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो समाचारमा

काठमाडौँमधेश प्रदेशनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...