मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

22
Share
Featured
  • मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदीय मर्यादा उल्लंघन गरेको आरोपमा ७ दलका ६४ सांसदले महाभियोग दर्ता गरेका छन्।
  • जसपा नेपाल, लोसपा, कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति, जनमत पार्टी र माओवादी केन्द्रले संयुक्त रूपमा प्रस्ताव दर्ता गरेका हुन्।
  • मण्डलले विपक्षी दल बिना सभा सञ्चालन गरेको र एक दलको निर्देशनअनुसार काम गरेको आरोप लगाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ ।

सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रहेको छ ।

सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ । प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको निर्देशन बमोजिम पटक पटक सभा संचालन गरेको, विपक्षी दलका उपस्थिती बिना पनि सभा संचालन गरेको लगायतका आरोपहरु उल्लेख रहेको छ ।

केही दिन अघि पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन आह्वान गरेको प्रदेश सभा बैठकमा सोनल लगायत मन्त्रीपरिषदका सांसदहरु उपस्थिती नरहेको बावजुद सभा सुचार गरेका थिए । विवाद बढेपछि निवर्तमान मुख्यमन्त्री सोनलदे प्रदेश सभा बैठकमै राजिनामा घोषना गरेका थिए ।

यो समाचारमा

जनमत पार्टीकाठमाडौँजनता समाजवादी पार्टीनेपाली काँग्रेस
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...