७ दलको विरोध प्रदर्शन आज पनि जारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

25
Share
Featured
  • जनकपुरधाममा ७ राजनीतिक दलहरूले पूर्व प्रदेश प्रमुखले सरोज कुमार यादवलाई होटलमा राति सपथ गराएको विरोधमा आज पनि प्रदर्शन जारी राखे।
  • कांग्रेस, जसपा, माओवादी, एस, लोसपा, नागरिक उन्मुक्ति र जनमतसहितका दलहरूले मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको राजीनामा माग गर्दै सडक अवरुद्ध गरी धर्ना दिए।
  • उनीहरूले अदालतको आइतबार आउने निर्णयसम्म विरोध जारी राख्ने घोषणा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन् ।

पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएको छ । 

पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग्दै नेपाली काँग्रेस, जसपा नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवम कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् । उनीहरुले मधेश भवन अगाडि दुबैतर्फ सडक आवत जावत ठप्प बनाएर सडकमै बसेका छन् ।

उनीहरुले जंगली मुख्यमन्त्री चाहिँदैन, एकलौटी सभामुख राजिनामा दे लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन् । उनीहरुले आईतबारसम्म अदालतको निर्णय आउने भनेकाले सो दिनसम्म विरोध गर्ने जनाएका छन् ।

यो समाचारमा

नागरिक उन्मुक्ति पार्टीमहोत्तरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)सुमित्रा सुवेदी भण्डारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...