राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

25
Share
Featured

काठमाडौँ : राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। बुधबार र बिहीबार छलफलपछि सांसदहरूले राखेको जिज्ञासाको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले जवाफ दिएपछि सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

सरकारको नीति तथा कार्यक्रममा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी नेपालका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए। तीमध्ये केही संशोधन सांसदहरूले फिर्ता लिए। अधिकांश संशोधन प्रस्ताव सभाले असफल पारेर सरकारको कार्यक्रम बहुमतले पारित गरेको हो

सांसदहरूलाई जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले सांसदहरूका सबै सुझावलाई ग्रहण गरेको र अब बजेटमा ती सुझाव अनुसार आउने प्रतिबद्धता जनाए। उनले लोकतान्त्रिक निष्ठापालना र अग्रगमनको बाटोमा जाने कुरामा आफूहरूलाई शंका नगर्न आग्रह गरे।

आर्थिक वर्ष २०८३/०८४ का लागि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी नेपालबालेन्द्र शाह (बालेन)रामचन्द्र पौडेलकाठमाडौँ
नेपाली काँग्रेस7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...