राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

26
Share
Featured

काठमाडौँ

राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले उक्त प्रतिवेदन पेस गरेकी हुन्।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को मर्यादामा हेरफेरसम्बन्धी पत्रको जानकारी गराएका थिए।

राष्ट्रियसभाको अर्को बैठक चैत २७ गते शुक्रबार अपराह्न ४:१५ बजे बस्ने तय गरिएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नारायण प्रसाद दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...