आगामी बजेटमा धार्मिक पर्यटन र खानी उत्खननलाई प्राथमिकता दिन सांसद घिमिरेको आग्रह

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार १३:४७

20
Share
Featured

काठमाडौँ

राष्ट्रिय सभाका सदस्य बासु देव घिमिरेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा धार्मिक पर्यटन, कृषि आत्मनिर्भरता र खानी उत्खननलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ठोस योजनासहितको बजेट आवश्यक रहेको बताए।

सांसद घिमिरेले नेपाललाई ‘देवभूमि’ बनाउने सरकारी योजनामा रसुवाको गोसाइकुण्डलाई समेट्नुपर्ने र स्वर्गद्वारी, खप्तड तथा धारपानीजस्ता धार्मिक स्थललाई जोडेर धार्मिक सर्किट विकास गर्न सुझाव दिएका छन्। साथै लुम्बिनी क्षेत्रमा विमानस्थल निर्माणका लागि पनि बजेट विनियोजन गर्न आग्रह गरे।

उनले कृषि क्षेत्रमा आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै फलफूल खेतीमा अनुदान, चुरे संरक्षण र स्वदेशी काठ प्रयोगमा सहजीकरण गर्नुपर्ने बताए। त्यस्तै दैलेखको ग्यास र नवलपरासीको फलाम खानीलाई प्राथमिकतामा राखेर स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति अपनाउन पनि सरकारलाई सुझाव दिएका छन्।

यो समाचारमा

राष्ट्रिय सभाकाठमाडौँबासु देव घिमिरे

ट्यागहरू

#वासुदेव घिमिरे#राष्ट्रियसभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    News Image

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    News Image

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू