राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

24
Share
Featured
  • राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ।
  • आजको बैठकमा विभिन्न सांसदहरूले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका छन्।
  • राष्ट्रियसभाको अर्को बैठक वैशाख ३१ गते बिहान ११ः१५ बजे बस्ने तय भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८३\८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ । 

सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराउनुभयो । 

राष्ट्रियसभामा आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसदहरू किरण बाबु श्रेष्ठ, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दङ्गाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त मिश्र, घनश्याम रिजाल, सम्झना देवकोटा, दुर्गा गुरुङ, सुरेश आलेमगर र सोमनाथ पोर्तेलले आआफ्नो धारणा राख्नुभयो । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३|०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहीबार बिहान ११ः१५ बजे बस्नेछ ।

यो समाचारमा

राष्ट्रिय सभाकिरण बाबु श्रेष्ठनारायण प्रसाद दाहालकाठमाडौँ
रामचन्द्र पौडेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...