काठमाडौँनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको प्रतिबद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । उहाँले सो प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश...