समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

19
Share
Featured
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति र समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्।
  • नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको देश भएकाले पहिचानको सम्मान, भाषा–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई राज्यको प्राथमिकता बनाउनुपर्ने उनको जोड छ।
  • विविध समुदायको सांस्कृतिक पहिचान सुरक्षित गर्दै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सके लोकतान्त्रिक गणतन्त्र अझ सबल र दिगो बन्ने उनको धारणा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् ।

मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान र प्रवद्र्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनका अनुसार नेपालको राष्ट्रिय एकता दमन वा एकरूपताबाट होइन, पहिचानको सम्मान र समावेशी अभ्यासबाट बलियो बन्छ ।

संयोजक दाहालले परिवर्तनका हरेक आन्दोलनमा आदिवासी जनजाति तथा बहुल समुदायले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै, गणतन्त्रको छहारीमा उनीहरूका भाषा, संस्कृति र पहिचानलाई फक्रिन दिने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

उनले बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई मजबुत बनाउँदै संविधानले सुनिश्चित गरेको समानता र समावेशिताको मर्म व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रचण्डका अनुसार विविध समुदायको सांस्कृतिक पहिचान सुरक्षित गर्दै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सकिए मात्र लोकतान्त्रिक गणतन्त्र अझ सबल र दिगो बन्नेछ ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...