भारतको पूर्वी ओडिशामा स्याउको प्रयोग गरेर बनाइयो विशाल सान्ता क्लज

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

18
Share
Featured

काठमाडौँ

विश्व प्रसिद्ध बालुवा कलाकार सुदर्शन पटनायकले क्रिसमसको पूर्वसन्ध्यामा भारतको पूर्वी ओडिशा राज्यको समुद्र तटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ प्रयोग गरेर सान्ता क्लज सिर्जना गरेका छन् ।

विशाल बालुवाका मूर्तिहरू सिर्जना गरेर परिचित पटनायकले १.५ टन स्याउ प्रयोग गरेर चम्किलो रातो रंगको सान्ता क्लज बनाए । जुन लगभग ६० फिट लम्बाइ र ४५ फिट चौडाइको थियो । विश्व शान्तिको कामना गर्दै सान्ताको सिर्जन गरिएको हो ।

पटनायक र उनको टोलीले लामो समय लगाएर स्थापना गरेको उक्त सिर्जनालाई आगन्तुकहरुले चमत्कार भनेका छन् । गत वर्ष, पटनायकले चकलेटबाट बालुवाको मूर्ति बनाएका थिए । सान्ता क्लजको विश्वको सबैभन्दा ठूलो क्यान्डी चकलेट र बालुवा स्थापनाको रूपमा भारतको विश्व रेकर्ड बुकमा पनि स्थान बनाएको थियो।

यो समाचारमा

भारतकाठमाडौँक्रिसमस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...