‘महिला उद्यमीहरुको संख्या बढ्दो तर प्रोत्साहन अपुग’

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

13
Share
Featured
  • महिला उद्यमी महासंघले सात प्रदेश र ७७ जिल्लामा महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणतर्फ अगाडि बढाउन समन्वय र सहजीकरण गर्दै काम गरिरहेको छ, जसमा करिब ६ हजार रजिष्टर महिला उद्यमीहरू सहभागी छन्।
  • महिला उद्यमीहरू मुख्य रूपमा प्रविधि, बजार, पूँजी र कानूनको प्रभावकारी कार्यान्वयन अभावका कारण सीमित छन्; तालिम, प्रदर्शनी र महिला राहत कोष स्थापना आवश्यक रहेको बताइयो।
  • विभिन्न जिल्लाका महिला उद्यमीहरूले कृषि उत्पादन, परिकार, ह्यान्डिक्राफ्ट, फलफूल प्रशोधन आदि क्षेत्रमा योगदान दिँदै आएका छन्, तर भौगोलिक विकटता, प्राकृतिक समस्या र लागत वृद्धिले चुनौती थप्दै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडि बढाउन महासंघले देशभर समन्वय र सहजीकरणको भूमिका खेलिरहेको बताएकी छन् ।

महासंघको वार्षिक साधारण सभाका क्रममा उनले सात प्रदेश र ७७ जिल्लामा नै महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडि बढाउन महासंघले काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘हिजोदेखि वार्षिक साधारण सभा भइरहेको छ । महिला उद्यमी महासंघको डिस्ट्रिक्ट च्याप्टर ७७ जिल्ला पुगिसकेको छ । सातवटा प्रदेश बोर्ड पनि छ । सबै तिरबाट दुई–दुई जना प्रतिनिधि बोलाएका छौं । महासंघले बीचमा बसेर देशभरका महिला उद्यमशीलतालाई एउटा आर्थिक सशक्तीकरणको बाटोमा कसरी अगाडि बढाउने भन्ने कुरामा जोड दिएर छलफलका कुराहरू गराएर उहाँहरूलाई केही नलेज लिएर जानुहोस् भन्ने उद्देश्य छ ।’

उनले महासंघमा आबद्ध ६ हजार जति रजिस्ट्रर महिला उद्यमीहरू सहि बाटोमा अगाडि बढाउने काम गरेको भन्दै यसको लागि राज्यलाई पनि घचघच्याउने काम गरेको बताइन् ।

उनले भनिन्, ‘हामीसँग आबद्ध भएका दिदीबहिनीहरूलाई महिला उद्यमी महासंघ, ७७ जिल्ला, सातवटा प्रदेश बोर्ड र हामी गर्दा ६००० जति हामीसँग रजिस्ट्रर महिला उद्यमीहरू हुनुहुन्छ । बोर्डमा लार्ज स्केलका उद्यमीहरू पनि हुनुहुन्छ । उहाँहरुका लागि राज्यलाई र डेभलपमेन्ट पार्टनरलाई घचघच्याउने हो ।’

जेनजी आन्दोलनभन्दा अगाडिसम्म जति पोलेसीहरू आइरहेका छन्, ति पोलेसीहरू अहिले आएर ठप्प भएको भन्दै आन्दोलन अगाडिसम्म महासंघले सरकार समक्ष राखेका मागहरु पूरा भएको पनि उनको भनाई छ ।

अस्थिर सरकारको कारणले गर्दा पनि पोलेसीहरु द्रुत रूपमा इम्प्लिमेन्टेसन नभएको भन्दै सरकारसँग गरेको सम्झौतालाई अर्को सरकारले बेवास्था गर्ने गरेको पनि उनको गुनासो रहेको छ ।

उनले नेपालमा २९ प्रतिशत वुमन एन्टरप्रेनर रहेको भन्दै यसले निश्चय रुपमा नै नेपालको अर्थतन्त्रमा सहयोग गर्दै आइरहेको बताईन् ।

यस्तै, तनहुँ अध्यक्ष तथा गण्डकी प्रदेश महासंघकी उपाध्यक्ष निर्मला मल्लले आफू कोकाकोला डिष्ट्रिब्युटरको रूपमा कार्यरत रहेको जानकारी दिँदै महिला सहभागिता बढाउन विशेष ध्यान दिएको बताइन् ।

उनले भनिन्, ‘म महिला भएकै नाताले करिब १० जना कर्मचारी महिलालाई रोजगारी दिएको छु । जिल्लाभर छरिएर रहेका दिदीबहिनीहरूको योग्यता र क्षमताको पहिचान गर्दै उनीहरूको ज्ञान र सिपमार्फत उद्यमी बनाउँदै आएका छौं ।’

तर, अहिले महिला उद्यमीका लागि प्रविधि र बजारको अभाव मुख्य समस्या रहेको उनले उल्लेख गरिन् । ‘काम गर्ने जोश र जाँगर हुँदाहुँदै पनि बजारीकरण, लेबलिङ र प्याकेजिङको समस्या भएकाले महिला उद्यमीको संख्या अपेक्षित रूपमा बढ्न सकेको छैन्,’ मल्लको भनाइ छ ।

यस्तै, बर्दिया अध्यक्ष उपमा रेग्मीले बर्दियामा दाल, गहुँ, चनालगायतका कृषि उत्पादन प्रशस्त भएपनि महिला उद्यमी बाहिर निस्किन नसकेको बताइन् । ‘महिला उद्यमीको अवस्था हेर्दा अझै धेरै अघि बढ्न सकेको देखिँदैन,’ उनले भनिन् ।

उनका अनुसार मधेशी र मुस्लिम समुदायका महिलाहरूले सीपयुक्त काम गर्दै आए पनि पारिवारिक र सामाजिक कारणले गर्दा खुला रूपमा बजारमा आउन सकेका छैनन् । ‘परिवार र समाजकै कारण धेरै महिला अझै घरभित्रै सीमित हुनुपरेको अवस्था छ,’ रेग्मीले बताइन् ।

महिला उद्यमशीलता बढाउनका लागि प्रशस्त तालिमको व्यवस्था गर्नु सबैभन्दा महत्वपूर्ण भएको उनको भनाइ छ । साथै, पूँजीको अभावले पनि धेरै महिला पछि परेको उल्लेख गर्दै कानूनमा भएका प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन् ।

सोही क्रममा प्युठान महिला उद्यमी संघकी अध्यक्ष चित्रकलि बुढा मगरले महिला उद्यमीहरूको वर्तमान अवस्था अझै चुनौतीपूर्ण रहेको बताइन् ।

उनले केन्द्र र महासंघबाट बेला–बेलामा मेला महोत्सव तथा प्रदर्शनीमा सहभागी गराइँदै आएपनि त्यो पर्याप्त नभएको उल्लेख गरिन् ।

‘मेरो कपडा उद्योग छ, जहाँ अधिकांश काम महिलाहरूले नै गर्नुहुन्छ । महिलाले नगर्ने कुनै काम छैन,’ उनले भनिन् ।

उनका अनुसार महासंघले विभिन्न प्रदर्शनीमा महिला उद्यमीलाई सहभागी गराउँदै आएको भए पनि गाउँ तथा दुर्गम क्षेत्रका महिलाहरूलाई अझ व्यापक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीसम्म पहुँच दिलाउन आवश्यक छ ।

उनले भनिन्, ‘जुम्ला, हुम्ला, सुदूरपश्चिम लगायतका गाउँका महिला उद्यमीहरूलाई पनि अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी गराउन सके अझ राम्रो हुने थियो ।’

साथै, महासंघअन्तर्गत महिला राहत कोष स्थापना गर्न सके उद्यमीहरूलाई समस्या पर्दा बाहिर ऋण खोज्नुपर्ने बाध्यता हट्ने उनको सुझाव छ ।

यस्तै, इलामकी महासचिव उषा निरौलाले इलाममा महिला उद्यमीहरूले थोक मात्रामा विविध उत्पादन गरिरहेको जानकारी दिइन् । उनले मकैबाट सातु र पिठो, फापर, कोदोलगायतका अन्नबाट विभिन्न परिकार, अदुवाबाट सुठो र क्यान्डी साथै किवी जामदेखि विभिन्न फलफूल प्रशोधन गरी उत्पादन गरिँदै आएको बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समयमा नयाँ–नयाँ प्रोडक्ट उत्पादन हुन थालेका छन् । खेर जाने मकैको खोसेल्टाबाट ह्यान्डिक्राफ्ट, ऊन र धागोबाट डल, कुसनजस्ता सामग्री बनाइँदै आएका छन् ।’

तर, इलामलाई सुन्नमा जति अगाडि देखिए पनि भौगोलिक विकटता र प्राकृतिक समस्याले उद्यमशीलतामा असर पारिरहेको उनले बताइन् । बर्खायाममा नदीनालाले बाटो बगाइदिने, जलवायु परिवर्तनका कारण उत्पादन समयमा असर पर्ने, उत्पादन लागत बढ्ने र उत्पादन घट्ने जस्ता समस्या उद्यमीहरूले भोगिरहेको उनको भनाइ छ ।

यो समाचारमा

शोभा ज्ञवालीबर्दियागण्डकी प्रदेशहुम्ला
तनहुँ8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...