किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार

15
Share
Featured

काठमाडौँ

किसानलाई डिजिटल आईडीमार्फत सिंचाइ, मल, बीउ र बिमाका लागि दिइने अनुदान सिधै बैंक खातामा पठाउने व्यवस्था गर्ने घोषणा उज्यालो नेपाल पार्टीले गरेको छ ।

आइतबार पार्टीको चुनावी घोषणा पत्र सावर्जनिक गर्दै पार्टीले यस्तो घोषणा गरेको हो । उक्त योजना सार्वजनिक गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले पार्टीले कृषि क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको जनाएका हुन् ।

घोषणा अनुसार ‘किसानलाई प्रत्यक्ष अनुदान’ कार्यक्रममार्फत बिचौलिया नियन्त्रण गर्दै राज्यबाट उपलब्ध हुने सबै प्रकारका कृषि अनुदान रकम सिधै किसानको खातामा जम्मा गरिनेछ । यसका लागि डिजिटल आईडी प्रणाली विकास गरिने उल्लेख गरिएको छ । पार्टीले ‘अग्र्यानिक कृषि क्रान्ति’ कार्यक्रम पनि अघि सारेको छ। आगामी पाँच वर्षभित्र ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको छ ।

जैविक उत्पादनको बजारीकरण सुनिश्चित गरिने र उत्पादित वस्तु राज्यले लागत मूल्यभन्दा २० प्रतिशत बढी मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइने घोषणा गरिएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत ‘कृषि सहकारी स्टार्टअप फन्ड’ स्थापना गरिने जनाइएको छ । यसमार्फत युवा किसान समूहलाई ५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइनेछ ।

सिंचाइ क्षेत्रमा विद्युत निःशुल्क उपलब्ध गराउने योजना पनि अघि सारिएको छ । कृषि सिंचाइका लागि प्रयोग हुने विद्युतमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिने पार्टीले जनाएको छ । त्यसैगरी व्यावसायिक कृषि गर्ने किसानका लागि माछा, कुखुरा तथा बाख्रा पालन, च्याउ उत्पादन, चिया खेतीलगायतका क्षेत्रमा सहुलियतपूर्ण विद्युत महसुल निर्धारण गरिने घोषणा पत्रमा उल्लेख छ ।यस्तै, पार्टीले कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित किसानमैत्री नीतिहरू अघि सारेको जनाएको छ ।

यो समाचारमा

कुलमान घिसिङउज्यालो नेपाल पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...