
काठमाडौँ।प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि थप छलफलको माग गर्दै विपक्षी दलहरूले आज संसदको रोस्ट्रम घेराउ गरेका छन्। रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा सांसदहरूले सयौँ संशोधन दर्ता गराएका थिए, जसमाथि पर्याप्त छलफल हुनुपर्ने माग गर्दै विपक्षी दलहरू आन्दोलित भएका हुन्।बैठक सुरु हुनासाथ नेपाली काँग्रेस, नेपाल...