काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि पुनः बस्ने भएको छ। सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठक लम्बिँदा अन्तिम निर्णय हुन नसकेको र त्यसलाई निरन्तरता दिन मंगलबार फेरि बैठक बोलाइएको नेता देवेन्द्र पौडेल ले जानकारी दिएका छन्।
बैठकमा मुख्य रूपमा नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी निर्धारण तथा पार्टीका सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपाल ले यी विषयमा ठोस निर्णय लिन पहल गरिरहेका छन्।
यसअघि पनि पटक–पटक स्थगित हुँदै आएको उक्त बैठक चैत ३ गते बसेको थियो। सो बैठकमा वैशाख ३ गते सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि बैठक पुनः स्थगित गरिएको थियो। अहिलेको बैठकले पार्टी संरचना सुदृढ गर्ने महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।