हामीले नयाँ पुस्तालाई सुन्न र समेट्न सकेनौँ : एमाले नेता महर

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

20
Share
Featured

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक ऐन बहादुर महरले नयाँ पुस्ताको कुरा नसुनेको र समेट्न नसकेको स्विकारेका छन्।

राजनीतिक गतिविधिमा युवा पुस्ताको न्यून उपस्थितिलाई लिएर उनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। आइतवार मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले परिकल्पना गरेको युवा उमेर र विचारको फ्युजन भएको उल्लेख गरे।

पछिल्लो समय पार्टीका कार्यक्रम र आन्दोलनमा युवा सहभागिता घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। महरले राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग सम्बन्ध र सञ्चार गर्न नसकेको आत्मसात गरे।  

महरले भने, ‘एमालेका कार्यक्रममा ९० प्रतिशतभन्दा बढी सहभागी ४० वर्षमाथिका देखिन्छन्। नयाँ पुस्ताको उपस्थिति नदेखिनुमा हाम्रा कमी–कमजोरी खोज्नुपर्छ। उनीहरूलाई कुराले मनाउन मात्रै खोज्यौँ‚ वास्तविक सम्बन्ध राख्न सकेनौँ।’

नेता तथा कार्यकर्ताहरूले आफ्नै परिवारलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आएको उनको तर्क छ।

मुख्य सचेतक महरले युवाहरूलाई राजनीतिमा आकर्षित गर्न र आन्दोलनसँग जोड्न पार्टीले आफ्नो कार्यशैली र सञ्चार पद्धतिमा सुधार गर्नुपर्ने बताए।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)ऐन बहादुर महर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...