विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

18
Share
Featured

काठमाडौँ- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।

भक्तपुर गुन्डुस्थित अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले २०८२ साउन ५-७ गते बसेको केन्द्रीय समितिको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।

आइतबार मात्रै पार्टी सदस्यता रोक्ने निर्णय गरेिपछि पहिलो पटक पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेले पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा स्थान दिएको थियो।

३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार आफ्नो पुरानो कार्यालय रहेको मदननगर बल्खुमा आयोजना गरेको सभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो।

पूर्वराष्ट्रपति भण्डारीका पतिसमेत रहेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चितवनको दासढुंगामा गाडी दुघर्टनामा परी निधन भएको जेठ ३ गते ३३ वर्ष पुगेको थियो

यो कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की राजन भट्टराई र खगराज अधिकारीलगायत सहभागी भए।

भण्डारी पहिलोपटक २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी थिइन्। उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते राष्ट्रपतिमा भएकी थिइन् ।

उनले २०७९ फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । त्यहीबेला उनले एमालेको सदस्यता नवीकरण गराएकी थिइन्।

तर अध्यक्ष केपी शर्मा ओलीले २०८२ साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गराए। त्यसपछि २०८२ मंसिर २७ देखि पुस ३ सम्मको ११औँ महाधिवेशनमा उनले भाग लिन पाइनन् ।

भदौको जेन-जी आन्दोलन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ओली नेतृत्वको एमालेको लज्जास्पद हार भएको थियो । अहिले ओलीले नेतृत्व छाड्नुपर्ने दबाब छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नै ओलीको विपक्षमा हुँदा भण्डारीको सदस्यता नवीकरण भएको हो ।

यो समाचारमा

भक्तपुरकाठमाडौँविद्या देवी भण्डारीखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...