
काठमाडौँ।फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान भएको प्रतिस्पर्धामा घानाले खेलको अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि इन्जुरी समयको पाँचौँ मिनेट...