सुनको भाउ बढ्यो, तोलाको कति ?

Author

सजिलो पत्रिका

२०८३ जेठ ३१, आइतबार

8
Share
Featured
  • सुनको भाउ तोलामा १,२०० रुपैयाँ बढेर २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ।
  • गत बुधबार–बिहीबार १५,२०० रुपैयाँ घटेको सुन शुक्रबारदेखि पुनः उकालो लाग्न थालेको हो।
  • चाँदीको मूल्य पनि ५५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ २ लाख ९२ हजार रुपैयाँ थियो।

गत बुधबार र बिहीबार मात्रै सुनको भाउमा १५ हजार २०० रुपैयाँको भारी गिरावट आएको थियो, तर शुक्रबारदेखि मूल्य पुनः बढ्न थालेको हो। नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ थियो। चाँदीको हालसम्मकै उच्च मूल्य माघ १५ गते ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि स्टल बाँडफाँड कार्य सम्पन्न

    काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। शुक्रबार पारदर्शी चिठ्ठा प्रक्रियामार्फत ४९ वटा ब्रान्डका लागि स्टलहरू वितरण गरिएको हो।एक्स्पोमा २६ वटा चार पांग्रे र २३ वटा

    Data is loading...

    Loading brands...

    Loading footer...