कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुनेको पहिचान खुल्यो

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

17
Share
Featured
  • कीर्तिपुरको ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्ति कारधनी सुरेशचन्द श्रेष्ठ रहेको पुष्टि भएको छ।
  • बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
  • प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक व्यक्ति कारधनी सुरेशचन्द श्रेष्ठ हुन्।
बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा श्रेष्ठको कारभित्रै जलेर मृत्यु भएको थियो। प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले मृतकको पहिचान भएको पुष्टि गर्दै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए। कारमा आगलागी हुनुको कारणबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...