सिँचाइ र कृषिलाई एकीकृत गरी उत्पादकत्व बढाउने ऊर्जामन्त्रीको योजना

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

2
Share
Featured
  • ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गरी कृषि उत्पादकत्व बढाउने योजना अघि सारेका छन्।
  • जलस्रोत संरक्षण, ‘वाटर अडिट’ र कानुनी सुधारमार्फत सिँचाइ व्यवस्थालाई प्रभावकारी बनाइने तयारी छ।
  • जलविद्युत्, सौर्यलगायत नवीकरणीय ऊर्जा विस्तार र ऊर्जा चुहावट घटाउने सरकारको लक्ष्य रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने योजना अघि सारेका छन्। मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरूको सहभागितामा आयोजित बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सिँचाइ आयोजनाहरूमा कृषिको कम्पोनेन्ट जोडेर लैजान कानुनमै सुधार गर्न लागिएको जानकारी दिए।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको स्थलगत अध्ययनपछि सिँचाइ र कृषिलाई सँगै लैजानुपर्ने आवश्यकता देखिएको उनले बताए। "अब कृषिमन्त्रीसँग समन्वय गरेर सिँचाइ र कृषिलाई जोड्दै उत्पादकत्व बढाउनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ," उनले भने। मन्त्री श्रेष्ठले मधेश र सुदूरपश्चिममा देखिएको खडेरी र घट्दो जमिनमुनिको पानीको सतहप्रति चिन्ता व्यक्त गर्दै जलस्रोतको संरक्षणका लागि 'वाटर अडिट' प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न जलस्रोत विधेयकलाई थप परिष्कृत बनाइने र भविष्यको ऊर्जा सुरक्षाका लागि जलविद्युत्‌का साथै सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइने (इनर्जी मिक्स) उनले बताए। हाल रहेको १२.६ प्रतिशत ऊर्जा चुहावट घटाउन नयाँ प्रविधि प्रयोग गरिने सरकारको लक्ष्य छ। साथै, उनले स्थानीय समुदायलाई नदी संरक्षणमा सहभागी गराउन सामुदायिक वनजस्तै 'सामुदायिक नदी' को नयाँ अवधारणा समेत अघि सारेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...