नेपाल प्रहरी र सशस्त्रका पूर्वकर्मचारीले पनि बुझाउनुपर्ने भयो सम्पत्ति विवरण

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार

16
Share
Featured
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको छ।
  • सम्पत्ति विवरण ६० दिनभित्र अनिवार्य रूपमा सम्बन्धित कार्यालयमार्फत राष्ट्रिय किताबखानामा बुझाउनुपर्ने व्यवस्था छ।
  • म्यादभित्र विवरण नबुझाए १० हजार रुपैयाँ जरिवाना लाग्ने र पछि पनि विवरण बुझाउनुपर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय किताबखाना (प्रहरी) ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलराष्ट्रिय अनुसन्धान विभागका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीहरूलाई तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । लैनचौरस्थित किताबखानाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन ताकेता गरेको हो ।

किताबखानाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका कर्मचारीहरूले भदौ २९ गतेभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) बमोजिम यो विवरण माग गरिएको हो ।

सम्बन्धित कर्मचारीहरूले तोकिएको सम्पत्ति विवरण फाराम भरी आफू कार्यरत वा तोकिएको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (प्रहरी) मा बुझाउनुपर्नेछ । आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र विवरण दर्ता गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

तोकिएको म्याद अर्थात् भदौ २९ गतेभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरूलाई कानुनी कारबाहीको चेतावनी दिइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम म्यादभित्र विवरण नबुझाउने कर्मचारीलाई १० हजार रुपैयाँ जरिवाना गरिने किताबखानाले स्पष्ट पारेको छ ।

साथै, जरिवाना तिरेर मात्र उन्मुक्ति नपाइने र पुनः विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेकाले समयमै प्रक्रिया पूरा गर्न किताबखानाले सबै सुरक्षा निकायका सम्बन्धित कर्मचारीहरूलाई आग्रह गरेको छ । यसअघि अवकाश पाएका तर विवरण बुझाउन बाँकी रहेका कर्मचारीहरूको हकमा पनि यो नियम लागू हुने सूचनामा उल्लेख छ ।

यो समाचारमा

काठमाडौँसशस्त्र प्रहरी बलअख्तियार दुरुपयोग अनुसन्धान आयोगनेपाल प्रहरी
राष्ट्रिय अनुसन्धान विभाग4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...