सरकारको १०० दिन: परराष्ट्र मन्त्रालयका मुख्य उपलब्धिहरू सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ असार २१, आइतबार

13
Share
Featured
  • सरकारले १०० दिनमा परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ एप, कन्सुलर सेवा विस्तार र राहदानी वितरण प्रणाली सुधारलाई प्रमुख उपलब्धि जनाएको छ।
  • १,८६६ नेपालीको उद्धार, युएई र साउदीमा १६१ नेपालीले क्षमादान पाएको तथा पोर्चुगलको प्रहरी प्रमाणपत्र समस्या समाधान भएको उल्लेख गरिएको छ।
  • आर्थिक कूटनीति, खुला राजदूत छनोट, LDC स्तरोन्नति स्थगन पहल र भारतीय बजारमा नेपाली चिया निर्यातको अवरोध समाधानलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा परराष्ट्र मन्त्रालयले सुशासन र सेवा प्रवाहमा हासिल गरेका मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा रहेको सरकारले यस अवधिमा कूटनीतिक र प्रशासनिक क्षेत्रमा थुप्रै सुधारका कार्यहरू गरेको मन्त्रालयले जनाएको छ।नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ ।

परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरुबाट प्रदान गरिने सेवालाई थप सरल, सहज, प्रभावकारी, प्रविधि एवम् सेवाग्राही मैत्री बनाउने कार्यमा प्रभावकारी कदमहरू चालिएको र उपलब्धिहरू पनि हासिल भएका मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले पनि यस अवधिमा सरकारको १०० बुँदे कार्ययोजनाअन्तर्गका साथै अन्य विभिन्न उपलब्धि हासिल गरेको छ । मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलरलगायत सेवा प्रदान गर्न ‘मोफा मित्र’ नामक एप तयार गरी सञ्चालनमा ल्याएको छ ।

यसैगरी, कन्सुलर सेवा विभागको कन्सुलर तथा कानुनी परामर्श सेवाको ‘अनलाइन’ सेवा हालसम्म सबै जिल्ला तथा ५३७ स्थानीय तहसम्म विस्तार गरिएको छ ।

पोर्चुगलमा रहेका नेपालीमध्ये करिब दुई हजार जनाको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा ‘कन्सुलर’ प्रमाणीकरणको छाप कीर्ते पाइएकाले उनीहरूलाई त्यहाँको अस्थायी आवासीय अनुमतिपत्र दिन समस्या भएको थियो । त्यस सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले आ–आफ्ना समकक्षीसँग सो बारेमा कुराकानी गरेपश्चात् उक्त समस्या समाधान भएको छ ।

सेवा प्रवाह र प्रविधिमा सुधार:

मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवालाई ५३७ स्थानीय तहसम्म विस्तार गरिएको छ भने राहदानी विभागले यही असार २९ गतेदेखि नयाँ प्रणाली सुरु गर्ने तयारी पूरा गरेको छ। राहदानी वितरणलाई सहज बनाउन हुलाक विभागसँग सम्झौता गरी जिल्ला र इलाका प्रशासन कार्यालयहरूसम्म सेवा पुर्‍याइएको छ।

नेपाली नागरिकको उद्धार र हित रक्षा:

यस अवधिमा दक्षिण पूर्वी एसियामा अनलाइन ठगीमा परेका ८१९ जना र पश्चिम एसियाको तनावग्रस्त क्षेत्रबाट १ हजार ४७ जना नेपालीको उद्धार गरिएको छ। नेपालको कूटनीतिक पहलमा युएईमा १२८ जना र साउदी अरबमा ३३ जना नेपालीले क्षमादान पाएका छन्। पोर्चुगलमा रहेका नेपालीहरूको प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी समस्या पनि समाधान गरिएको छ।

रणनीतिक र कूटनीतिक पहल:

नेपालले अतिकम विकसित मुलुक (LDC) बाट हुने स्तरोन्नतिलाई सन् २०२९ सम्मका लागि पछाडि सार्न संयुक्त राष्ट्रसङ्घमा औपचारिक पत्राचार गरेको छ। नेपालकै प्रस्तावमा राष्ट्र सङ्घले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ घोषणा गरेको छ। यस्तै, जर्मनीबाट ८०० वर्ष पुराना ऐतिहासिक हस्तलिखित सामग्रीहरू नेपाल फर्काउने सम्झौता भएको छ।

आर्थिक कूटनीति र नयाँ अभ्यास:

सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुला दरखास्त आह्वान गरेको छ, जसमा करिब ३ हजार आवेदन प्राप्त भएका छन्। आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै निर्यात व्यापार, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि देशगत रणनीतिहरू बनाइएको छ। भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोध पनि कूटनीतिक संवादमार्फत समाधान गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)शिशिर खनालपोर्चुगलकाठमाडौँ
परराष्ट्र मन्त्रालय4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

    बागलुङ । बागलुङका खानेपानी मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा ‘कोलिफर्म’ भेटिएको हो । धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा पुगेर मुहानको पानी परीक्षण गरेको थियो । जिल्ला सदरमुकामसँगै जोडिएका गाउँका

    Data is loading...

    Loading brands...

    Loading footer...