मुहानमा ‘कोलिफर्म’ फेला

बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

Author

सजिलो पत्रिका

२०८३ असार १९, शुक्रबार

9
Share
Featured

बागलुङ । बागलुङका खानेपानी मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा ‘कोलिफर्म’ भेटिएको हो । 

धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा पुगेर मुहानको पानी परीक्षण गरेको थियो । जिल्ला सदरमुकामसँगै जोडिएका गाउँका स्थानीयले उपभोग गर्ने पानीमा ‘कोलिफर्म’ भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो दिसामा देखिने जीवाणु भएकाले यो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

आचार्यले भन्नुभयो, “अस्पतालमा दूषित पानीको प्रयोगबाट हुने बिरामीको सङ्ख्या बढेपछि करिब चार सय मुहानको पानी परीक्षण गर्दा केही मुहानमा कोलिमर्फ भेटियो । यस्तो पानी उपभोग गर्दा बिरामी पर्ने र ज्यानै जान सक्ने जोखिम रहन्छ । त्यसैले खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीयलाई पानीको शुद्धीकरण गरेरमात्रै प्रयोग गर्न आग्रह गरेका छौँ ।”

गत आथिक वर्ष पनि ३४१ स्थानमा पानी परीक्षण गरिएकामा १२५ स्थानमा कोलिफर्म देखिएको प्रयोगशाला प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा भने २०८ स्थानको पानी परीक्षण गर्दा ७३ स्थानमा कोलिफर्म देखिएको थियो ।

कोलिफर्मयुक्त पानीका कारण ज्वरो, टाइफाइट, झाडापखला, मलेरिया, जन्डिसलगायत रोग लाग्ने धवलागिरि प्रादेशिक अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले बताउनुभयो । बर्खाको समयमा पानी दूषित हुने हुँदा धेरै बिरामी बढ्ने उहाँको भनाइ छ । यो याममा पानी शुद्धीकरण गरेर र उमालेर मात्रै पिउनुपर्ने उहाँको सुझाव छ । 

“यो याम दूषित पानीका कारण धेरै मानिस बिरामी पर्नु हुन्छ, किनकि यो वर्षासँगै फोहरजन्य पानी मुदानमा सिसिने जोखिम रहन्छ । खोलानाला बढ्ने, भल आउने समस्याका कारण पानीको मुहान दूषित हुन्छ”, डा तिवारीले भन्नुभयो, “सोही कारणले पानी सफा देखेर सिधैँ पिउनुभन्दा उमालेर पिउन उत्तम हुन्छ ।” 

डा तिवारीका अनुसार धवलागिरि अस्पतालमा दैनिक ६०० को हाराहारीमा बिरामी आउने गरेको छन् । “तीमध्ये अधिकांश दूषित पानीका कारण बिरामी हुनुभएको परीक्षणका क्रममा देखिएको छ”, उहाँले भन्नुभयो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

    काठमाडौँ । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।ती

    Data is loading...

    Loading brands...

    Loading footer...