दुई सातामै दोब्बर भयो मालदह आँपको मूल्य, उपभोक्तालाई महँगो किसानलाई घाटा

Author

सजिलो पत्रिका

२०८३ असार २१, आइतबार

4
Share
Featured

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरुले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।

दुई साताअघिसम्म १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिल प्रतिकेजी १०० मा भइरहेको छ । किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरुले भने मूल्य नपाएको किसानको गुनासो छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ का किसान उमेश यादवले बजार मूल्य बढे पनि त्यसको लाभ किसानले नपाएको बताए। उनले किसानबाट सस्तोमा खरिद गरिएको आँप बजारमा महँगो मूल्यमा बिक्री भइरहेकाले प्रभावकारी बजार अनुगमन र मूल्य व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे ।

मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताए ।

उनले शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताए ।

आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन् ।

 

यो समाचारमा

मिथिला नगरपालिकाधनुषामधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जयनगर-बर्दिबास रेलमार्ग निर्माणले लियो गति: विवाद समाधान भएपछि ट्र्याक खोल्ने काम धमाधम

    धनुषा । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको  छ । धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण

    Data is loading...

    Loading brands...

    Loading footer...