डेङ्गी संक्रमणको जोखिम असारदेखि कात्तिकसम्म उच्च, लामखुट्टेको बासस्थान नष्ट गर्न अपील

Author

सजिलो पत्रिका

२०८३ असार २१, आइतबार

6
Share
Featured

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।

केही दिनअघि परेको पानीले डेङ्गी संक्रमण बढाउने खतरा रहेको छ,’ उनले भने, ‘आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ । उनले पानी पर्न सुरु गरेकाले डेङ्गी संक्रमणको जोखिम पनि बढ्ने बताए । उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।

असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी देखिएको जनाउँदै डा दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्नसक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुनेहुँदा संक्रमण बढ्न सक्ने बताए ।

ड्ङ्गीबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने उनले सुझाव दिए ।

कीटजन्य रोग शाखा प्रमुख डा. दाहालका अनुसार डेङ्गी संक्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मध्यपूर्वको तनाव घट्दै, ओपेक प्लसले पेट्रोलियम उत्पादन बढाउने सम्भावना

    एजेन्सी । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस)ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ। विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ।साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन्।स्विस बैंक

    Data is loading...

    Loading brands...

    Loading footer...