माझगाउँबाट जुम्ला जाँदै गरेको जिप मौरेलेखमा दुर्घटना, एकको घटनास्थलमै मृत्यु

Author

सजिलो पत्रिका

२०८३ असार २१, आइतबार

6
Share
Featured

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएकाछन्।

दिउँसो करिब १ः५० बजे माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १४ जना सवार रहेकोमा अन्य १३ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स पनि जुम्लाबाट घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए।

प्रहरीका अनुसार घाइतेहरूको पहिचान र दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डेङ्गी संक्रमणको जोखिम असारदेखि कात्तिकसम्म उच्च, लामखुट्टेको बासस्थान नष्ट गर्न अपील

    काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।‘केही दिनअघि परेको पानीले

    Data is loading...

    Loading brands...

    Loading footer...