एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा

Author

सजिलो पत्रिका

२०८३ असार १२, शुक्रबार

7
Share
Featured
  • नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य अघि बढाउने घोषणा गरे।
  • आगामी महाधिवेशनमा आफ्नो राजनीतिक जीवनमा 'अन्तिम क्रमभंग' हुने संकेत गरे।
  • रास्वपालाई 'नवउदारवादी र फासिस्ट शैलीको दल' भन्दै संविधान र प्रदेश संरचना कमजोर पार्न खोजेको आरोप लगाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य अघि बढाउने घोषणा गरेका छन्। शुक्रबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा एमालेसँगको सहकार्य अपरिहार्य भएको बताए। उनले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यका लागि वातावरण तयार भइसकेको उल्लेख गरे।

आगामी महाधिवेशनलाई संकेत गर्दै प्रचण्डले आफ्नो राजनीतिक जीवनमा फेरि एकपटक ‘क्रमभंग’ हुने बताए। यसलाई आफ्नो जीवनको अन्तिम क्रमभंगको संज्ञा दिँदै उनले यसका लागि पार्टी पंक्तिलाई तयार रहन आग्रह गरे।

सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा प्रहार गरे। रास्वपालाई 'नवउदारवादी र फासिस्ट' शैलीको दल भन्दै उनले भने, "सिमानामा सय रुपैयाँको सामान ल्याउँदा भन्सार असुल्ने र गरिब सुकुम्बासीका बस्ती भत्काएर रास्वपाले आफ्नो असली पहिचान देखाएको छ।" उनले रास्वपाले प्रदेश संरचना र संविधान नै खारेज गर्ने प्रयास गरिरहेको दाबी गर्दै त्यसविरुद्ध सशक्त राजनीतिक संघर्ष आवश्यक रहेको बताए। आफ्नै गलत हर्कतका कारण रास्वपा जनताको नजरमा गिर्दै गएको उनको टिप्पणी थियो।

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीनेपाल कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा महामन्त्रीमा चार जनाबीच प्रतिस्पर्धा, यस्तो छ चुनावी समीकरण

    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनमा चार जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुने भएको छ। सभापति रवि लामिछानेले विपिनकुमार आचार्यलाई सर्वसम्मत रूपमा निर्वाचित गराउने प्रयास गरेका थिए। तर उक्त योजना सफल नभए पनि अधिकांश आकांक्षीलाई उम्मेदवारी फिर्ता गराउन भने सफल भएका छन्।महामन्त्री पदका लागि अब विपिनकुमार आचार्य, मनिष

    Data is loading...

    Loading brands...

    Loading footer...