रास्वपा महामन्त्रीमा चार जनाबीच प्रतिस्पर्धा, यस्तो छ चुनावी समीकरण

Author

सजिलो पत्रिका

२०८३ असार १२, शुक्रबार

11
Share
Featured
  • महामन्त्री पदमा अब विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल बीच प्रतिस्पर्धा हुने।
  • कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, जगदीश खरेल, प्रमोद न्यौपाने, शिशिर खनाल र रञ्जु दर्शना ले उम्मेदवारी फिर्ता लिए।
  • रवि लामिछानेको सहमतिको प्रयासपछि अधिकांश उम्मेदवार पछि हटे, तर महामन्त्रीमा सहमति नजुटेपछि निर्वाचन हुने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनमा चार जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुने भएको छ। सभापति रवि लामिछानेले विपिनकुमार आचार्यलाई सर्वसम्मत रूपमा निर्वाचित गराउने प्रयास गरेका थिए। तर उक्त योजना सफल नभए पनि अधिकांश आकांक्षीलाई उम्मेदवारी फिर्ता गराउन भने सफल भएका छन्।

महामन्त्री पदका लागि अब विपिनकुमार आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी फिर्ताको समयसीमासँगै कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, जगदीश खरेल, प्रमोद न्यौपाने, शिशिर खनाल र रञ्जु दर्शना न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।

लामिछानेले बिहीबार रातिदेखि नै महामन्त्रीका आकांक्षीहरूसँग सहमतिको प्रयास गरेका थिए। उनको आग्रहपछि उम्मेदवारी फिर्ता लिएका बुर्लाकोटी, पराजुली, खरेल र प्रमोद न्यौपानेले सामूहिक पत्रकार सम्मेलन गर्दै आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल भने उक्त पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।

आचार्यले आफूलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने नेताहरूलाई धन्यवाद दिँदै रास्वपामा प्रतिस्पर्धासँगै सहकार्यको संस्कृतिसमेत रहेको सन्देश उनीहरूले दिएको बताए। पार्टीलाई एउटै सूत्रमा बाँध्ने नेतृत्वको चाहनालाई उम्मेदवारी फिर्ता लिने नेताहरूले सम्मान गरेको उनको भनाइ थियो।

यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए।

महामन्त्री पदमा भने सहमति जुट्न नसकेपछि चार उम्मेदवारबीच निर्वाचन हुने भएको हो।

यो समाचारमा

गणेश पराजुलीजगदीश खरेलराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछाने
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य अघि बढाउने घोषणा गरेका छन्। शुक्रबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा एमालेसँगको सहकार्य अपरिहार्य भएको बताए। उनले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यका लागि वातावरण तयार भइसकेको उल्लेख गरे।आगामी महाधिवेशनलाई

    Data is loading...

    Loading brands...

    Loading footer...