तीन महिनामै थपिए एक लाख ८१ हजार नयाँ मतदाता

Author

सजिलो पत्रिका

२०८३ असार १०, बुधबार

6
Share
Featured
  • निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाउँदै पछिल्लो तीन महिनामा १ लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको जनाएको छ।
  • मतदाता नामावली अद्यावधिकसँगै मतदान स्थल र मतदान केन्द्रहरूको पुनरवलोकन कार्य भइरहेको छ।
  • आयोगले निर्वाचन मिति ६ महिना अगावै घोषणा, समयमै बजेट उपलब्धता र गलत सूचना नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको व्यवस्था गर्न सुझाव दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीलाई तीव्रता दिएको छ। पछिल्लो तीन महिनाको अवधिमा मात्रै देशभर १ लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकका लागि १८ हजार ६२२ वटा निवेदन प्राप्त भएका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम थिए। हाल आयोगले मतदाता नामावली अद्यावधिकका साथै मतदान स्थल र मतदान केन्द्रहरूको पुनरवलोकन कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।

यसैबीच, असार ४ गते राष्ट्रियसभाको 'राष्ट्रिय सरोकार समिति' सँग भएको छलफलमा आयोगले निर्वाचनलाई व्यवस्थित बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। आयोगले निर्वाचन मिति ६ महिना अगावै घोषणा हुनुपर्ने, समयमै बजेट उपलब्ध गराउनुपर्ने, रिक्त पदपूर्ति गर्नुपर्ने र आधुनिक उपकरणबाट मतपत्र छाप्ने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ। साथै, निर्वाचनका बेला हुन सक्ने गलत सूचना प्रवाहलाई रोक्न प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा समेत आयोगले जोड दिएको छ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व सम्पदा क्षेत्रको सौन्दर्य बढाउन 'वार्म लाइट' जडान गरिँदै

    काठमाडौँ।सरकारले काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको सौन्दर्य अभिवृद्धि गर्न हाल प्रयोग भइरहेका सेता एलइडी र सिएफएल बत्ती हटाएर 'वार्म लाइट' (पहेँलो प्रकाश) जडान गर्ने तयारी गरेको छ। ऐतिहासिक र सांस्कृतिक संरचनाको मौलिक स्वरूप र कलात्मकतालाई थप उजागर गर्न ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयले यस्तो योजना अघि सारेको हो।ऊर्जा

    Data is loading...

    Loading brands...

    Loading footer...