सभामुखको आचरणमाथि प्रश्न उठाउने सांसदलाई अर्यालले सम्झाए नियमावली

Author

सजिलो पत्रिका

२०८३ असार ०३, बुधबार

5
Share
Featured
  • कांग्रेस सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद अर्यालको निष्पक्षतामाथि प्रश्न उठाउँदै आलोचना गरे।
  • रास्वपा सांसद गणेश कार्कीले नियमापत्ति जनाउँदै सभामुखको आचरणमाथि टिप्पणी गर्न नपाइने नियम स्मरण गराए।
  • सभामुख अर्यालले नियमावलीको नियम २१ पालना गर्न सांसद यादवलाई सचेत गराउँदै आफ्नो ध्यानाकर्षण भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले आफ्नो आचरण र निष्पक्षतामाथि प्रश्न उठाउने विपक्षी सांसदलाई नियमावलीको नियम सम्झाएका छन्। बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि अर्यालले यस्तो प्रतिक्रिया दिएका हुन्।

सांसद यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिमा सभामुखले रुलिङ नगरेको भन्दै असन्तुष्टि जनाएका थिए। उनले सभामुखलाई लक्षित गर्दै भने, "सभामुख महोदय, यहाँले पहिलेको रास्वपा पार्टीसँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो?"

यादवको उक्त भनाइप्रति रास्वपा सांसद गणेश कार्कीले तत्काल नियमापत्ति जनाए। उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (ख) उल्लेख गर्दै सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने विशेष प्रस्तावमा बाहेक अन्य समयमा उनको आलोचना गर्न नपाइने व्यवस्था रहेको स्मरण गराए।

त्यसपछि सभामुख अर्यालले सांसद यादवले प्रयोग गरेको शब्दप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनलाई नियमावलीको नियम २१ पालना गर्न सचेत गराए। नियमावली अनुसार सभामुखको आचरणको आलोचना गर्न विशेष कानुनी प्रक्रिया बाहेक अन्य समयमा बन्देज लगाइएको छ।

यो समाचारमा

डोल प्रसाद अर्यालबालेन्द्र शाह (बालेन)काठमाडौँगणेश कार्की
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकारबीच सहकार्य हुन्छ- श्रममन्त्री यादव

    काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार सक्रिय रूपमा लागिपरेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत र संरचनागत जग बसाल्ने काम भइरहेको जानकारी दिए।मन्त्री यादवले 'राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...