काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार सक्रिय रूपमा लागिपरेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत र संरचनागत जग बसाल्ने काम भइरहेको जानकारी दिए।मन्त्री यादवले 'राष्ट्रिय







