'चिया पसल जान भ्याउने प्रधानमन्त्रीलाई किसानको पीडा सुन्ने फुर्सद छैन' - सांसद राई

Author

सजिलो पत्रिका

२०८३ असार ०३, बुधबार

3
Share
Featured
  • भारतले लागू गरेको नयाँ एसओपी मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको भन्दै सांसद निश्कल राईले चिन्ता व्यक्त गरे।
  • गुणस्तर परीक्षण प्रक्रियाले चिया उद्योग र किसानहरू संकटमा परेको तथा केही चिया फ्याक्ट्रीमा ताला लागेको उनको भनाइ छ।
  • चिया क्षेत्रको समस्या समाधानमा सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले तत्काल कूटनीतिक र नीतिगत पहलको माग गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाली काँग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर सङ्कटमा पर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले छिमेकी देश भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उद्योग तथा किसानमाथि परेको बताए।

उनले भारतीय चिया बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी)’ नामक नयाँ मापदण्ड लागू गरेपछि नेपाली चिया निर्यातमा विभिन्न अवरोध सिर्जना भएको उल्लेख गरे।

‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पन्न गरेकाले चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्डाएको करिब तीन दिन भयो,’ उनले भने।

राईका अनुसार नयाँ व्यवस्थाअनुसार चियाको परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा प्रतिवेदनमा सामान्य समस्या देखिए पनि उत्पादन गरिएको चिया नष्ट गर्नुपर्ने बाध्यता रहेको छ।

‘भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ एसओपी नामक नयाँ मापदण्ड ल्याएको छ। टेस्टिङ रिपोर्ट आउन दुई साता बढी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ,’ उनले भने।

सांसद राईले संवेदनशील विषयमा सरकारको ध्यान नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरे। वार्षिक तीन करोड किलोभन्दा बढी तयारी चिया निर्यात हुने र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने चिया उद्योग तथा किसानहरूको समस्या समाधान गर्न सरकारले चासो नदेखाएको उनको आरोप थियो।

‘यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। योसँगै सातौं पटक भयो,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ, तर वार्षिक तीन करोडभन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखिएको छैन।’

उनले चिया क्षेत्रको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै किसान र उद्योगीहरूको हित संरक्षणका लागि आवश्यक कूटनीतिक तथा नीतिगत पहल गर्न माग गरे।

यो समाचारमा

निश्कल राईकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकारबीच सहकार्य हुन्छ- श्रममन्त्री यादव

    काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार सक्रिय रूपमा लागिपरेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत र संरचनागत जग बसाल्ने काम भइरहेको जानकारी दिए।मन्त्री यादवले 'राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...