सवारीको नयाँ दर्ता प्रक्रिया तत्कालका लागि रोक्का

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

30
Share
Featured
  • यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता प्रक्रिया अर्को सूचना नभएसम्म रोक्का गरेको छ।
  • यो निर्णय इन्धन र विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू हुने विभागले जनाएको छ।
  • बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सवारी चाप व्यवस्थापन गर्न सार्वजनिक हितमा यस्तो कदम चालिएको विभागको भनाइ
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरेको छ। विभागले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापनका लागि यस्तो निर्णय लिएको हो।

विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्रअनुसार यो रोक इन्धनबाट चल्ने र विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू हुनेछ। सडकमा सवारीको अत्यधिक चाप, बढ्दो ट्राफिक जाम र वायु प्रदूषणका कारण आवतजावतमा कठिनाइ भएपछि नयाँ दर्ता रोकेर मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने विभागको ठहर छ। साथै, इन्धनको बढ्दो मूल्यले सिर्जना गरेको असहज परिस्थितिलाई पनि यस निर्णयको एउटा कारण मानिएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ (३) बमोजिम सार्वजनिक हितका लागि यो निर्णय लिइएको विभागले जनाएको छ। यसबारे सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई परिपत्र पठाइसकिएको छ। अब अर्को व्यवस्था नभएसम्म कुनै पनि नयाँ सार्वजनिक सवारीले दर्ता अनुमति पाउने छैनन्।

यो समाचारमा

यातायात व्यवस्था विभागकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...