नेपाल टेलिकमद्वारा अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्ड पल्स ड्युरेसन लागू हुने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

20
Share
Featured
  • नेपाल टेलिकम ले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा ६० सेकेन्ड पल्स ड्युरेसन लागू गर्ने नयाँ व्यवस्था जेठ १ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको छ।
  • नयाँ व्यवस्था एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ मार्फत गरिने अन्तर्राष्ट्रिय कलमा लागू हुनेछ।
  • अमेरिका, भारत, चीन, दक्षिण कोरियालगायत ५८ देशमा ६० सेकेन्ड पल्स दर लागू हुने टेलिकमले जनाएको छ।
समाचार सारांशGenerated using AI.
काठमाडौँ

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलका लागि लागू हुने पल्स ड्युरेसनमा परिवर्तन गरेको छ। नयाँ व्यवस्था अनुसार अब विभिन्न देशमा गरिने अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको फागुन १ गतेको निर्णयअनुसार स्वीकृत नयाँ व्यवस्था जेठ १ गतेदेखि लागू हुने टेलिकमले जनाएको छ। यो व्यवस्था नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ मार्फत गरिने बहिर्गमन कलमा लागू हुनेछ।

टेलिकमका अनुसार नयाँ प्रणाली अन्तर्गत ५८ देशमा ६० सेकेन्ड पल्स ड्युरेसन कायम गरिएको छ। यसमा अमेरिका, चीन, भारत, ब्राजिल, मेक्सिको, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, टर्कीलगायतका देश समावेश छन्।

त्यसैगरी अफ्रिका, एसिया, युरोप र ओसिनिया क्षेत्रका विभिन्न मुलुकहरूमा समेत यो व्यवस्था लागू हुने जनाइएको छ। अल्जेरिया, नाइजेरिया, इथियोपिया, दक्षिण अफ्रिका, म्यानमार, भियतनाम, फिजी, सामोआ, पपुआ न्युगिनी, टोगो, टोंगा र भानुआतुजस्ता देशहरूमा पनि ६० सेकेन्ड पल्स दर लागू हुनेछ।

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कल सेवाका लागि विभिन्न एक्सेस कोड प्रणाली सञ्चालन गर्दै आएको छ। सेवाग्राहीले कल गर्दा पहिले एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कोड र सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय कल सेवामा थप स्पष्टता, सहजता र संरचनात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल टेलिकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा विस्तार

    काठमाडौँडोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। नेपाल टेलिकमले दुर्गम हिमाली क्षेत्रमा पनि उच्चगतिको मोबाइल सेवा विस्तार गर्ने क्रममा उक्त सेवा सुरु गरेको हो।नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार समुद्री सतहदेखि करिब ४ हजार २०० मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ

    Data is loading...

    Loading brands...

    Loading footer...