प्राविधिक समस्या : देशभर राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

34
Share
Featured

काठमाडौँ

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभर सेवा अवरुद्ध भएको जनाएको छ।

विभागले मंगलबार सूचना जारी गर्दै प्रणालीको मर्मत कार्य जारी रहेकाले सेवा तत्काल सुचारु हुन नसक्ने जानकारी दिएको हो। गत वैशाख २१ गतेदेखि प्रणालीमा समस्या देखिएपछि नयाँ दर्ता (इनरोलमेन्ट) गर्दा जारी हुने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसकेको विभागले जनाएको छ।

यसअघि वैशाख २३ गते नै मर्मत कार्य भइरहेको जानकारी दिइए पनि समस्या समाधान हुन नसकेपछि सेवा अवरुद्ध नै रहेको छ। विभागले देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा परिचयपत्र इकाईहरूलाई सेवा अवरुद्ध भएकोबारे जानकारी गराइसकेको छ।

विभागका अनुसार मर्मत कार्य सम्पन्न नभएसम्म नयाँ दर्तासहितका सेवा प्रभावित हुनेछन्। सेवा सुचारु भएपछि अर्को सूचना जारी गरिने पनि विभागले जनाएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...