प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि रवि लामिछानेको प्रश्न, निष्पक्ष न्यायको माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

18
Share
Featured
  • रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै संवैधानिक परिषद्को भूमिकामाथि टिप्पणी गरेका छन्।
  • उनले डर, प्रभाव र राजनीतिक दबाबमा निष्पक्ष न्याय सम्भव नहुने बताएका छन्।
  • सुकुमबासीका अधिकारका पक्षमा आफू दृढ रहेको बताउँदै भूमिहीनले अधिकार नपाउँदासम्म साथ नछोड्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

[wiki id="7899"]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेनेले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आइतबार पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि उठेको विवादबारे धारणा राखेका हुन्।

लामिछानेले प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गएको भन्दै उठेका प्रश्न प्रति प्रतिक्रिया दिँदै संवैधानिक परिषद्को भूमिकामाथि पनि प्रश्न उठाए। उनले वरिष्ठताका आधारमा मात्रै नियुक्ति गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने टिप्पणी गरे।

उनले परम्परा नतोडिएको भए अहिले पनि भागबन्डाको राजनीति चलिरहेको हुन सक्ने दाबी गरे। न्यायालयमा डर, प्रभाव र राजनीतिक दबाबका आधारमा न्याय सम्भव नहुने उल्लेख गर्दै उनले निष्पक्ष न्याय आवश्यक रहेको बताए।

सभापति लामिछानेले आफूमाथि आक्रोश पोख्नेहरूलाई चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिँदै “मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार” भन्ने अभिव्यक्ति दिएका थिए। उनले आम नागरिकले सहज रूपमा न्याय पाउनुपर्नेमा जोड दिए।

उनले न्यायालयबारे अनावश्यक टिप्पणी गरेर संस्थाको गरिमा घटाउने काम नगर्न आग्रह गरे। साथै सुकुमबासीका अधिकारका पक्षमा आफू अहिले पनि दृढ रूपमा उभिएको बताउँदै भूमिहीनले अधिकार नपाउँदासम्म आफ्नो समर्थन जारी रहने उल्लेख गरे।

यो समाचारमा

सपना प्रधान मल्लरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...