नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

Author

सजिलो पत्रिका

२०८३ साउन ०१, शुक्रबार

3
Share
Featured

काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ।

आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ नीति ल्याइएको हो। नयाँ व्यवस्था अनुसार व्यक्तिगत आयकरको अधिकतम दरमा १० प्रतिशत बिन्दुले कमी ल्याइएको छ।

सरकारले आर्थिक वर्ष २०८३ र ८४ का लागि करका स्ल्याबहरू यसरी निर्धारण गरेको छ : १० लाख रुपैयाँसम्मस् वार्षिक १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएका प्राकृतिक व्यक्तिले अब मात्र १ प्रतिशत कर (सामाजिक सुरक्षा कर ‌) तिरे पुग्नेछ।

१० लाखदेखि १५ लाख रुपैयाँसम्म : १० लाखसम्मको १० हजार रुपैयाँ र सोभन्दा माथिको बाँकी रकममा १० प्रतिशत आयकर लाग्नेछ। 

१५ लाखदेखि २५ लाख रुपैयाँसम्मस: १५ लाखसम्मको ६० हजार रुपैयाँ र सोभन्दा माथिको बाँकी रकममा २० प्रतिशत आयकर लाग्नेछ।

२५ लाखदेखि ४० लाख रुपैयाँसम्म : २५ लाखसम्मको २ लाख ६० हजार रुपैयाँ र सोभन्दा माथिको बाँकी रकममा २७ प्रतिशत आयकर लाग्नेछ।

४० लाख रुपैयाँभन्दा माथि : ४० लाखभन्दा बढी आय भएमा बढी भएजति रकममा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको छ।

विशेष छुट: 

एकलौटी फर्म दर्ता भएका करदाताका हकमा भने निवृत्तिभरण बापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यो व्यवस्था अन्तर्गतको कर लाग्ने छैन। पुरानो र नयाँ व्यवस्थाको तुलनात्मक भिन्नतायसअघि आयकर ऐन २०५८ अनुसार सर्वसाधारणले निकै कम आम्दानीमा पनि धेरै कर तिर्नुपर्ने बाध्यता थियो।

पुरानो व्यवस्था (आयकर ऐन २०५८) नयाँ व्यवस्था (आर्थिक ऐन २०८३) न्यूनतम सीमा (१५ कर) एकलका हकमा ५ लाख र दम्पतीका हकमा ६ लाख प्राकृतिक व्यक्तिका हकमा १० लाख रुपैयाँ प्रारम्भिक थ्रेसहोल्ड पछिको दर अर्को २ लाखमा १०% र अर्को ३ लाखमा २०% १० लाखदेखि १५ लाखसम्म १०% र १५ देखि २५ लाखसम्म २०% अधिकतम दर ५० लाखभन्दा माथिको आम्दानीमा ३९% सम्म अधिकतम दरमा १० प्रतिशत बिन्दुको कटौती नयाँ आर्थिक वर्षको यो संशोधित व्यवस्थाले मध्यम वर्गीय र न्यून आय भएका करदातालाई ठुलो आर्थिक राहत पुग्ने विश्वास गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...