‘पुँजी बजार विकास मार्गचित्र–२०८३’

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

3
Share
Featured

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३ सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति अघि सारेको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टका अनुसार औद्योगिकीकरण, पूर्वाधार विकास, ऊर्जा, डिजिटल अर्थतन्त्र र रोजगारी विस्तारका लागि बैंकमा आधारित वित्तीय प्रणाली मात्र पर्याप्त नहुने भएकाले दीर्घकालीन लगानी परिचालन गर्न सक्षम पुँजी बजार विकास आवश्यक भएको उल्लेख गरिएको छ।

मार्गचित्रले सन् २०३६ सम्म दैनिक औसत दोस्रो बजार कारोबार हालको करिब ८ अर्ब रुपैयाँबाट ३० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ। त्यस्तै, जीडीपीको तुलनामा बजार पुँजीकरण १५० प्रतिशतभन्दा माथि पुर्‍याउने, सूचीकृत कम्पनीको संख्या ५०० नाघ्ने तथा तीमध्ये २०० भन्दा बढी साना तथा मझौला (एसएमई) कम्पनी हुने लक्ष्य तय गरिएको छ। डिम्याट खाताको संख्या पनि हालको करिब ८० लाखबाट बढाएर १ करोड २० लाखभन्दा माथि पुर्‍याउने योजना छ।

बोर्डले हालको बजार संरचना बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीमा अत्यधिक केन्द्रित रहेको निष्कर्ष निकाल्दै उत्पादन, कृषि, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रका कम्पनीहरूको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। साथै, बजार अझै पनि साधारण सेयरमा केन्द्रित रहेकाले ऋणपत्र, डेरिभेटिभ्स, कमोडिटी एक्सचेन्ज, रियल इस्टेट इन्भेष्टमेन्ट ट्रस्ट (REIT), एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) लगायतका नयाँ वित्तीय उपकरण विकासमा जोड दिइएको छ।

मार्गचित्रले कानुनी तथा नियामकीय सुधार, बजार विविधीकरण, संस्थागत लगानीकर्ता विकास, प्रविधिमैत्री पुँजी बजार, लगानीकर्ता संरक्षण, विदेशी लगानी आकर्षण तथा दिगो वित्तलाई सात प्रमुख रणनीतिक प्राथमिकतामा राखेको छ।

सुधार कार्यक्रम तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरण (२०२६–२०२७) मा कानुनी र संस्थागत सुधार, दोस्रो चरण (२०२८–२०३०) मा बजार विस्तार, नयाँ वित्तीय उपकरण र डिजिटल रूपान्तरण, तथा अन्तिम चरण (२०३१–२०३६) मा विदेशी पोर्टफोलियो लगानी भित्र्याउँदै नेपाली पुँजी बजारलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीसँग आबद्ध गर्ने लक्ष्य तय गरिएको छ।

सेबोनले मार्गचित्रलाई धितोपत्र बजार सुधारको दस्तावेज मात्र नभई आर्थिक रूपान्तरण, निजी क्षेत्र सशक्तीकरण, लगानी विस्तार, उद्यमशीलता प्रवर्द्धन तथा दक्षिण एशियामै प्रतिस्पर्धी पुँजी बजार निर्माण गर्ने दीर्घकालीन राष्ट्रिय रणनीतिका रूपमा प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    होटल व्यवसायीहरुलाई प्रधानमन्त्रीले भने- चिन्ता नगर्नुस्, उच्च प्राथमिकता दिएका छाैं

    काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध

    Data is loading...

    Loading brands...

    Loading footer...