तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

4
Share
Featured

काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्ले कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेपछि श्रेष्ठले निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले युरोपमा निगमको सेवा विस्तार गर्दै आफ्नै आम्दानीबाट सञ्चालन हुन सक्ने अवस्था सिर्जना गर्ने लक्ष्य रहेको बताए । 

श्रेष्ठले जिम्मेवारी चुनौतीपूर्ण भए पनि आफ्नो लामो अनुभव, विज्ञता र अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा निगमलाई आत्मनिर्भर बनाउन पूर्ण रूपमा समर्पित हुने विश्वास व्यक्त गरे ।

विसं २०४९ मा निगमको निर्देशकबाट अवकाश लिएका श्रेष्ठले बजार, संस्थागत तथा व्यवसाय प्रवर्द्धन विभागको नेतृत्व गरिसकेका छन् । बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालयबाट हवाई यातायात विषयमा अध्ययन गर्ने पहिलो नेपालीसमेत रहेका उनले क्यानडा, अमेरिका र भारतमा पनि उड्डयन व्यवस्थापन तथा योजना निर्माणसम्बन्धी अध्ययन गरेका छन् ।

सरकारले उड्डयन क्षेत्रको अनुभव र दक्षतालाई आधार बनाएर श्रेष्ठलाई निगमको नेतृत्व सुम्पिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले खुला प्रतिस्पर्धाबाट बोर्ड सदस्यमा छनोट गरेका पाँच जनामध्ये श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...