रास्वपाका डीपी अर्याल निर्विरोध सभामुख निर्वाचित, बैठक २७ मिनेटमै सकियो

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

22
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको आजको बैठक केवल २७ मिनेटमै सम्पन्न भएको छ। सभामुख पदको निर्वाचनका लागि बोलाइएको बैठक सहमति बनेपछि छोटो समयमै सकिएको हो।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोल प्रसाद अर्याल (डीपी)  सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। ज्येष्ठ सदस्य अर्जुन नरसिंह के.सीले निर्वाचन प्रक्रिया अघि बढाउँदै अर्यालको मात्र उम्मेदवारी परेको जानकारी गराएका थिए।

प्रस्तावकका रूपमा रास्वपा सभापति रवि लामिछानेले संक्षिप्त सम्बोधन गर्दै अन्य दलहरूले उम्मेदवारी नदिई सहमति जनाएकोमा धन्यवाद व्यक्त गरे। उनले संसद्को समय सदुपयोग गर्नुपर्ने भन्दै लामो भाषण नगर्ने बताए। लामिछानेले अर्यालको कार्यक्षमता र इमानदारिताले सभाको गरिमा बढ्ने विश्वास पनि व्यक्त गरे।

त्यसैगरी समर्थक सांसद सुनिल लम्सालले पनि छोटो मन्तव्य दिँदै अर्यालको उम्मेदवारीप्रति समर्थन जनाए र सफल कार्यकालको शुभकामना व्यक्त गरे।

अन्य समर्थक सांसदहरूले भने केही विस्तृत धारणा राखेका थिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय इतिहास र तटस्थताको महत्त्वबारे चर्चा गर्दै नयाँ सभामुखले उच्च संसदीय मानक कायम राख्ने अपेक्षा व्यक्त गरे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसद्लाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै जनताका समस्यालाई प्राथमिकतामा राख्न आग्रह गरिन्।

बैठकको अन्त्यमा ज्येष्ठ सदस्य केसीले डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे। आगामी बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।

यो समाचारमा

अर्जुन नरसिंह के.सीस्वर्णिम वाग्लेरवि लामिछानेडोल प्रसाद अर्याल
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...