एमालेको नजरमा चुनावी हारका २० कारण सार्वजनिक, जेनजी पुस्ताको प्रभाव प्रमुख मानियो

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

21
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भोगेको हार र घट्दो जनमतका पछाडि २० वटा मुख्य कारण औँल्याएको छ। पार्टीले विशेषगरी नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो राजनीतिक सोचलाई मुख्य प्रभावकारी कारणका रूपमा विश्लेषण गरेको छ।

बुधबार बसेको एमाले जनसंगठनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा परम्परागत राजनीतिक दलहरू अहिले सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त दबाबमा परेको उल्लेख छ। उनका अनुसार निर्वाचन परिणाम केवल राजनीतिक प्रतिस्पर्धाको परिणाम मात्र नभई समाजमा आएको व्यापक रूपान्तरणको प्रतिबिम्ब पनि हो।

प्रतिवेदनमा नयाँ पुस्ताले विचारधारा वा पार्टीप्रतिको ऐतिहासिक निष्ठाभन्दा पनि कामको नतिजा, पारदर्शिता र जवाफदेहितालाई बढी महत्व दिन थालेको निष्कर्ष निकालिएको छ। यसले पुराना दलहरूलाई जनसमर्थन कायम राख्न थप चुनौती सिर्जना गरेको एमालेको विश्लेषण छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन्द्र शाह (बालेन)हर्कराज साम्पाङ राईजस्ता नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारहरूको उदयले परम्परागत राजनीतिक संरचनामा ठूलो असर पारेको पनि प्रतिवेदनमा उल्लेख छ। लामो समय शासनमा रहे पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएपछि युवा पुस्ता वैकल्पिक शक्तितर्फ आकर्षित भएको निष्कर्ष निकालिएको छ।

यसैगरी, पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गरेको संसद् विघटनलाई नयाँ पुस्ताले राजनीतिक स्वार्थ र शक्ति संघर्षका रूपमा व्याख्या गरेको र त्यसले पार्टीप्रतिको विश्वासमा नकारात्मक असर पारेको पनि विश्लेषण गरिएको छ। साथै, आन्तरिक एकता कमजोर देखिनु पनि हारको महत्वपूर्ण कारण भएको स्वीकार गरिएको छ।

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले २५ सिट मात्र जितेको थियो।

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीबालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...