अभिमुखीकरणका लागि भेला हुँदै रास्वपा सांसद (तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ चैत ०३, मङ्गलबार

21
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै छ । दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतबारे जानकारी गराइने छ ।

अभिमुखीकरणमा पार्टीका शीर्ष नेताहरू, पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञहरूले विभिन्न सत्र सञ्चालन गर्नेछन् । अभिमुखीरणका लागि रास्वपा सांसदहरू कार्यक्रमस्थलमा पुग्न थालेका छन् ।


प्रशिक्षण कार्यक्रम सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सहभागी हुनेछन् । कार्यसूचीअनुसार दोस्रो दिनको अन्तिम सत्रमा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम राखिए पनि शाहको भूमिका भने खुलाइएको छैन ।


पार्टीबाहेक प्रशिक्षकको रूपमा राई र शर्मासहित पूर्वसचिव (संसद सचिवालयसमेत)सुरेश अधिकारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व सचिव डा. तोयानारायण ज्ञवाली र पूर्वसचिव प्रतापकुमार पाठक प्रशिक्षकका रूपमा रहेका रास्वपाले जनाएको छ ।














यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान शिवको पूजा–आराधनाका लागि देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले आज बिहानैदेखि पशुपतिनाथका चारै वटा ढोका खुला गरेको छ। दर्शनार्थीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...