काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै छिन्। अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) को अवसरमा महिला मन्त्रालयले सिंहदरबारमा आयोजना गर्ने विशेष कार्यक्रममा उनले सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बिहान १० बजे हुने उक्त कार्यक्रममा प्रधानमन्त्री कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्। निर्वाचनपछिको यो उनको पहिलो सार्वजनिक उपस्थिति र सम्बोधन भएकाले यसलाई महत्त्वका साथ हेरिएको छ। सम्बोधनका क्रममा उनले नारी दिवसको शुभकामनाका साथै समसामयिक राजनीतिक विषयमा पनि चर्चा गर्न सक्ने अनुमान गरिएको छ।