दोलखामा रास्वपाका जगदिश खरेलको अग्रता, पार्वत गुरुङ दोस्रो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

22
Share
Featured
  • दोलखामा रास्वपाका जगदिश खरेल अग्रस्थानमा छन्, उनले २,९३१ मत प्राप्त गरेका छन्।
  • एमालेका पार्वत गुरुङ १,६७८ मतसहित दोस्रो स्थानमा छन्, दुवैबीच १,२५३ मतको अन्तर छ।
  • जिरी नगरपालिकाको गणना सकिएपछि अहिले तामाकोशी गाउँपालिकाको मतगणना सुरु भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दोलखामा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदिश खरेलले अग्रता लिएका छन्। जिरी नगरपालिकाको मतगणना सम्पन्न हुँदा खरेलले २ हजार ९३१ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पार्वत गुरुङले १ हजार ६७८ मत प्राप्त गरेका छन्। खरेल र गुरुङबीच १ हजार २५३ मतको अन्तर रहेको छ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्का १ हजार १७७ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटी ५२१ मतका साथ चौथो स्थानमा खुम्चिएका छन्। जिरीको गणना सकिएसँगै अहिले तामाकोशी गाउँपालिकाको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीराष्ट्रिय स्वतन्त्र पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ
दोलखा7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...