बालेन’ लहर

घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

Author

सस्मिता सुनार

२०८२ फागुन २६, मङ्गलबार

53
Share
Featured

काठमाडौँ। नेपाली राजनीतिको स्थापित भाष्य र दशकौँदेखिको दलीय ‘सिन्डिकेट’ लाई फागुण  २१ को प्रतिनिधि सभा निर्वाचनले एउटा ऐतिहासिक धक्का दिएको छ। निर्वाचनको अन्तिम परिणामले वर्षौँदेखि जरा गाडेर बसेका पुराना शक्तिहरूलाई रक्षात्मक मात्र बनाएको छैन, सिंहदरबारको साँचो समेत 'नयाँ पुस्ताको हातमा सुम्पिएको छ।

यतिबेला देशव्यापी रूपमा दुईवटा विम्बको चर्चा छ— राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ र बालेन्द्र शाह (बालेन) को ‘लहर’। भ्रष्टाचार र कुशासनका विरुद्ध भदौ २३ र २४ गते सडकबाट सुरु भएको ‘जेन(जी’ आन्दोलनको राप अन्ततः मतपेटिकामा विद्रोह बनेर पोखिएको छ।

निर्वाचनको केही महिनाअघि मात्रै काठमाडौँका लोकप्रिय तत्कालिन नगर प्रमुख बालेन शाह रास्वपामा प्रवेश गर्नु यसपटकको चुनावको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ बन्यो।  रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच भएको ७ बुँदे सहमतिले मतदातामा नयाँ उत्साह भरेको थियो। उक्त सहमति अनुसार चुनावपछि बालेन प्रधानमन्त्री बन्ने र लामिछानेले पार्टीको नेतृत्व सम्हाल्ने कार्यदिशा सार्वजनिक भएपछि वैकल्पिक शक्तिको पक्षमा जनलहर उर्लिएको थियो।

झापा-५ मा ‘बालेन’ को ऐतिहासिक प्रहार

सबैभन्दा रोचक भिडन्त झापा निर्वाचन क्षेत्र नं। ५ मा देखियो, जहाँ एमाले अध्यक्षखड्गप्रसाद शर्मा ओली को दशकौँदेखिको ‘किल्ला’ तोड्न बालेन शाह आफैँ मैदानमा उत्रिए। धेरैले यसलाई जोखिमपूर्ण कदम ठाने पनि नतिजाले सबैलाई चकित तुल्याएको छ। बालेनले ६८,३४८ मत प्राप्त गर्दा ओली १८,७३४ मतमा खुम्चिए। ४९ हजारभन्दा बढीको यो मतान्तरले नेपाली राजनीतिमा ‘व्यक्ति होइन, एजेन्डा र डेलिभरी’ प्रधान हुन्छ भन्ने पुष्टि गरिदिएको छ।

रास्वपाको एकलौटी जित र तथ्याङ्क

प्रत्यक्षतर्फ १२५ सिटसहित स्पष्ट बहुमत हासिल गरेर रास्वपाले संसदीय इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ। रवि र बालेनले देशभरका विभिन्न क्षेत्रमा पुगेर मतदाता भेट्ने गरे । धेरैले  यो सफलताका कारण बालेनको प्रभाव हो भनेर आकालन गर्न थालेका छन् ।

त्यसो त , रवि र बालेन सर्मथकले डिजिटल  माध्यम फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा चलेका अभियानले परम्परागत राजनीतिक सभाहरूलाई अर्थहीन तुल्याइदिए।

उता विदेशमा रहेका करिब ४० लाख नेपालीले आफ्ना परिवारलाई ‘घण्टी’ मा भोट हाल्न दिएको भावनात्मक दबाबले गाउँ(गाउँमा पुराना दलको ‘कोर भोट बैंक’ भत्काइदियो।

अबको चुनौतीस् बहुमत कि विकास ? 

बहुमत प्राप्त गर्नु एउटा पाटो हो, तर जनताको चुलिएको अपेक्षा पूरा गर्नु नयाँ शक्तिसामु पहाडजस्तै चुनौती हो। प्रशासनिक अवरोधस् दशकौँदेखि पुराना दलको प्रभावमा रहेको कर्मचारीतन्त्रसँग जुधेर काम गर्नु नयाँ सांसदहरूका लागि सहज हुने छैन। सन्तुलनको राजनीतिस् सत्ताको खेलमा फसेर कतै रास्वपा पनि पुरानै दलको चरित्रमा ढल्ने त होइन भन्ने आशङ्का अझै जीवितै छ।

अन्तत :  नेपाली राजनीति अब ‘विचारधारा’ बाट ‘एजेन्डा र नतिजा’ तर्फ मोडिएको छ। बालेन शाहको लोकप्रियता र रास्वपाको साङ्गठनिक विस्तारले एउटा सन्देश स्पष्ट दिएको छ— नेपाली जनता अब आश्वासनमा होइन, ‘एक्सन’ मा विश्वास गर्छन्। सिंहदरबारको साँचो त ‘घण्टी’ को हातमा पुगेको छ, तर त्यसले विकास र सुशासनको ढोका कति खोल्छ, त्यो भने अबको कार्यसम्पादनले तय गर्नेछ।


यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीझापाबालेन्द्र शाह (बालेन)काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...