लागूऔषध ट्रामाडोलसहित मकवानपुरबाट दुईजना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

मकवानपुर, हेटौडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट १३२ ट्याब्लेट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो भीमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बाप्रा ०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले हाल फरार स्कुटरमा सवार एक जनाको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

काठमाडौँहेटौडा उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...