कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

11
Share
Featured

काठमाडौं । पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका छन्। उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको हो ।

कञ्चनपुरका प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको पुष्टि गरेको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचारका विषयमा दायर भएको गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते पत्रकार भण्डारीलाई दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशित गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए। 

कञ्चनपुरकी निर्मला पन्त २०७५ साउन १० गते साथीको घरमा पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । भोलिपल्ट उनको शव भीमदत्त नगरपालिका–स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो । 

उक्त हत्या प्रकरणका वास्तविक आरोपी अहिलेसम्म पहिचान हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजारभन्दा बढी प्रहरी ‘स्ट्याण्डबाइ’

    काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ ।विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...